देबिस्थानमा योजनाहरुको वार्षिक समिक्षा

बालकुमार फगामी
देविस्थान ,विहिबार भदौ ५ गते ।
म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । वडा कार्यालयको आयोजनामा बुधबार आर्थिक बर्ष २०७५÷०७६ वडामा सम्पन्न योजनाहरु माथि समिक्षा गरिएको हो । कार्यक्रममा वडाबाट विनियोजन भएका योजनाहरुमा बजेट खर्च र गाउँपालिकाद्धारा विनियोजित योजनाका बारेमा छलफल भएको थियो ।


कार्यक्रममा वडामा संचालित योजनाहरुमा विनियोजित बजेटका बारेमा उपभोक्ता समितिका अध्यक्षहरुले जानकारी गराएका थिए । गत आर्थिक बर्ष देविस्थानमा वडाबाट ३० वटा योजनाहरु विनियोजन भएको र ति सबै योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष पिपला बुढाले जानकाकारी दिनुभयो । साथै उहाँले वडामा संचालित योजनाहरु पारदर्शि रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।


केही दिन अघि मात्र स्थानीय एक युवाले वडामा भ्रष्टाचार भयो भन्ने अभिव्यक्ती सामाजिक सञ्जाल फेसबुकमा राखेपछि वडा अध्यक्ष प्रति लक्षित आएका विभिन्न किसीमका अनावश्यक तिकाटिप्पनी र गालिगलौज प्रति वडाबासीहरुले आपत्ती जनाएका थिए ।


वडाबासीको आपत्ती पछि ती युवाले आफुले नभई सुनेको भरमा सो कुरा सामाजिक सञ्जालमा राखेको बताउँनुहुदै बाहिर भनिए जस्तो वडा भित्र त्यस्तो नभएको र बाहिर हल्ला मात्र फिजाइएको रहेछ ति युवाले भन्नुभयो ।


कार्यंक्रममा वडा अध्यक्ष बुढाले वडामा भ्रष्टाचार भएको भन्ने आरोप निराधार र हल्ला मात्र भएको बताउनुहुँदै सामाजिक सञ्जालमा आफु लक्षित आएका अनावश्यक तिकाटिप्पनी र गालिगलौजप्रति आपत्ती जनाउँदै वडामा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुमा अनियमितता नभएको बताउनुहुँदै बाहिर हल्ला मात्र फिजाइएको बताउनुभयो ।


साथै उहाँले सामाजिक संजालमा आएको अभिव्यक्तीले गम्भिर ध्यानाकर्षण भएको बताउँनुहुँदै हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो । वडामा योजनाहरु विनियोजन गर्दा कुनै पनि राजनितिक पुर्वाग्रह र नाताबादलाई नहेरी वडाबासीको माग र आवश्यकताका आधारमा योजना छनौट गरिएको बताउनुभयो ।

वडा अध्यक्ष बुढाको अध्यक्षता ,वडा सदस्य राजमति बुढा पुनको स्वागत र वडा सचिव सोमनाथ केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
साथै सोही कार्यक्रममा वडा अध्यक्ष बुढाले चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिबाट करिब एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । योजनाहरुलाई समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार