नवविकल्प साप्ताहिक १२ औं बर्षमा प्रवेश

म्याग्दी , शनिबार भदौ ७ गते ।
म्याग्दीको लोकप्रिय खबर पत्रिका नवविकल्प साप्ताहिक पत्रिका १२ औं बर्षमा प्रवेश गरेको छ । २०६५ साल भदौ ७ गते देखि प्रकाशन आरम्भ गरेको खबर पत्रिका शनिबार देखी १२ औं बर्षमा प्रवेश गरेको हो । जिल्लाको आर्थिक विकास र समृद्धि ,सुशासन ,परोपकारी क्षेत्र लगायतका विषयमा केन्द्रित भएर प्रकाशित हुँदै आएको पत्रिकाले पत्रिकाले शनिबार एक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रममा प्रधान सम्पादक देविप्रसाद शर्माले पत्रिकाले स्थापना कालदेखी नै निष्पक्ष ,सत्य,तथ्य र सन्तुललित समाचार प्रकाशन गर्दै आएको बताउनुभयो । उहाँले पत्रिकाले संधै शुुुसासन ,विकृति विसंगति र आर्थिक विकासको पक्षमा कलम चलाउँदै आइरहेको बताउनुभयो ।

समाजसेवी एवं जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोेषका अध्यक्ष राजेश शाक्यले आर्थिक विकास र समाज रुपान्तरणमा पत्रिकाको ठुलो योगदान रहेको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा छापा संचार माध्यमलाई व्यवस्थित बनाउन व्यक्तिगत भन्दा पनि संगठनात्मक रुपमा चलाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रिकाका सम्पादक तथा प्रकाशक ठाकुर प्रसाद आचार्यले पत्रिका प्रकाशनमा सहयोग गर्ने संस्थापक सदस्य ,पत्रकार ,पाठक ,लेखक ,विज्ञापनदाता तथा शुभचिन्तकलाई धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । सुचना प्रविधीको विकास संगै अनलाइन मिडियाले बजार लिएको वर्तमान अवस्थामा छापा मिडियालाई आफ्नो शाख जोगाउन चुनौतीपुर्ण रहेको उहाँले बताउनुभयो ।

यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का ,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवं पत्रिकाका संस्थापक सन्तोष गौतम ,पत्रकार एवंम म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री , संस्थापक दिपेन्द्र श्रेष्ठ,संस्थापक एवं पत्रकार हरिकृष्ण गौतम, नेपाल पत्रकार महासंघका सचिव गोरखनाथ सुवेदी तथा नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले पत्रिकालई बधाई तथा शुभकामना व्यक्त गर्नुभयोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार