नेकपाकाे वरियतामा विवाद सुरु : झलनाथको बढुवा संगै घटुवा भएका नेपालले लेखे ‘नोट अफ डिसेन्ट’

काठमाडौं,सोमबार भदौ २ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वरियता विवाद टुंगो लागेको छ । तेस्रो वरियताका माधव नेपालको वरियता चौथो नम्बरमा पुगेको छ ।चौथो नम्बरमा रहनुभएका झलनाथ खनालको बढुवा भएको छ । उहाँ अब अध्यक्षपछिको वरियतामा पुग्नुभएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले वरियता सम्बन्धि विवाद समाधान गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयाे ।

यता बरिष्ठ नेता नेपालले चौथो बरियतामा झरेपछि ‘नोट अफ डिसेन्ट’ लेख्नुभएकाे छ । एकीकृत पार्र्टीमा नेता नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो । यसअघि प्रदेश कमिटीका इन्चार्ज तोक्ने बेला असन्तुष्टि जनाउँदै नेता नेपालले नोट अफ डिसेन्ट लेख्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार