नेकपा म्याग्दीका जिल्ला सदस्य श्रीस एमएनओमा प्रवेश

दिपक मंगोल /म्याग्दी,सोमबार साउन २० गते ।
नेकपा विप्लब परित्याग गरी जिल्ला सदस्य प्रेम श्रीस मगर मंगोल नेशनल अर्गनाईजेशनमा प्रवेश गर्नुभएको छ। मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले आयोजना गरेको ूमंगोल अस्तित्व र मंगोल राष्ट्रबाद सम्वन्धी एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रमू बेनी नगरपालिका ४ तातोपानीमा नेकपा बिप्लव समुहका जिल्ला सदस्य तथा नेकपा विप्लव निकत भातृ संगठन मगर मुक्ती मोर्चाका केन्द्रिय सदस्य श्रीसमगर मंगोल नेशनल अर्गनाईजेशनमा प्रवेश गर्नुभएको हो।

सरकारले लगाएको प्रतिबन्धका कारण नेकपा विप्लव समुह अर्धभुमिगत रहेको बेला यहि चैत्र १३ गते श्रीसले एक प्रेसबिज्ञप्ती जारी गरी बिप्लव नेतृत्वको नेकपा परित्याग गरेको घोषणा गर्नुभएको थियो।

२१ औँ सताब्दी बिज्ञानको शताब्दी हो, सिद्धान्तको आधारमा बैचारिक बहस र बैचारिक क्रान्तीबाट नै देश र जनतामा शान्ती र समृद्धी ल्याउन सकिन्छ र परिवर्तन पनि लोकतन्त्रको बलियो पक्ष मानिने व्यालोट (निर्वाचन) बाटनै सम्भव छ तर विप्लव नेतृत्व नेकपा बैचारिक भन्दा पनि बुलेट ९हतियार० को राजनितिमा लागेकोले आफुले पाटी परित्याग गरेको र अस्तित्व प्राप्टिको लागि र वर्णभेदी नितिको अन्त्यको लागि मंगोल नेशनल अर्गनाईजेशनको बैचारिक क्रान्तिमा प्रवेश गरेको बटाउनु भएको छ।

साथै उक्त अवसरमा श्रीसको नेतृत्वमा १५ सदस्यीय मंगोल नेशनल अर्गनाईजेशन बेनपा ४ नं वडा तदर्थ सभा समेट गठन गरिएको छ। जसमा अध्यक्ष प्रेम श्रीसमगर, सचिव केशब सिउथानी, सह सचिव साहिल थापा मगर, कोषाध्यक्ष तोरणबहादुर बुढामगर लगायत सदस्यहरू रहनु भएकोछ।

जिल्ला सदस्य दिके पुनमगरले संचालन र जिल्ला सदस्य भिमप्रसाद रोकामगरले अध्यक्षता गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभा कोषाध्यक्ष राजु आलेमगर,गण्डकी प्रदेश सभा सदस्य रणबहादुर फगामी बिशिष्ट अतिथी, कास्की जिल्ला सभाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक रियाज गुरूङ रहनु भएको थियो।

प्रमुख प्रशिक्षक गुरूङले मंगोल अस्तित्व,एम।एन।ओ। र मंगोल राष्ट्रबाद समबन्धी प्रशिक्षण दिनु भएको थियो भने नवनिर्वाचित सदस्यहरूलाई गण्डकी प्रदेश सभाका कोषाध्यक्ष राजु आलेमगरले बढाई तथा शुभकामना दिदै पशु सरहको जिउँदो लास जस्तो भएर डरछेरूवा गोरखाली भएर बाच्नुको सातो मान्छे र साच्चैको बिर गोरखाली भएर बाच्न सम्पुर्ण मुलवासी मंगोलहरूलाई आग्रह समेत गर्नु भयो।

साथै ३ अगष्ट २०१९ मा नेकपा छोडेर मंगोल नेशनल अर्गनाईजेशनको मंगला गाउँपालिका सभा अध्यक्षमा मनबहादुर मगर निर्वाचित हुनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार