नौ दिन पछि मृत अवस्थामा भेटिए बेपत्ता विक

हेम विश्वकर्मा/बुर्तिबाङ ,शुक्रबार साउन १७ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित नविखोला ९उत्तरगंगा० ले बगाउँदा बेपत्ता भएका सेते विकको शव शुक्रबार फेला परेको छ । गत साउन ८ गते नविगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानीय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो ।

दुई मध्य नर बहादुरको शव बगाएको स्थानदेखी करिब ३ सय मिटर तल सोही दिन स्थानीयले मृत अवस्थामा फेला पारेका थिए भने सेते बेपत्ता थिए । घटनाभए लगत्तै प्रहरी चौकी ढोरपाटन, शक्रुमर्जन गुल्म ढोरपाटनको टोली र स्थानीयबासीले नदी वरपर खोज्ने क्रममा उनको शव भेटिएको हो ।

प्रहरी चौकी ढोरपाटनका प्रहरी सहायक निरिक्षक शिवराज सुवेदीका अनुसार शुक्रबार विहान करिब ८ः३० बजेको समयमा बगाएको ठाउँदेखी करिब ३ किलोमीटर तल रातिबाङ भन्ने स्थानमा उनको शव भेटिएको हो ।

नदी तरेर ५ मिनेटमा पुगिने ठाउँमा पुल नहुँदा घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय धन बहादुर विश्वकर्माले बताए । सम्बन्धित निकायको ध्यान नजाँदा हरेक वर्र्ष वर्षा यामको समयमा उत्तरगंगा नदीले बगाउदा कयौँको ज्यान जाने गरेको छ । इपरिन्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार