बेनीमा स्तनपान सप्ताह सम्बन्धी कार्यक्रम

म्याग्दी ,सोमबार साउन २० गते ।
मंगला आमा समूहको आयोजना र मिलन म्याग्दी सुआहारा कार्यक्रमको सहयोगमा आइतबार सदरमुकाम बेनीमा स्तनपान सप्ताहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विश्व स्तनपान सप्ताह अन्तर्गत कार्यक्रम गरिएको सुआहारा म्याग्दीले जनाएको छ ।

स्तनपान सप्ताह विशेष कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले बच्चालाई स्तनपान गराउनु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताइन् । उनले सरकारले सरकारी कार्यालयहरु सबैमा महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरेर छुट्टै स्तनपान कक्ष निर्माण गर्न जोड दिएको बताएकी छिन् । आमा र बच्चा दुवैलाई स्वस्थ राख्न समुदायमा निरन्तर रुपमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ छ ।

कार्यक्रममा सुआहारा म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले स्तनपानको महत्वका विषयमा सहजीकरण गरेकी थिइन् भने फिल्ड सुपरभाइजर सुजता केसीले स्तनपान कसरी गराउने भन्नेमा प्रहशन गरेको सुआहारा कार्यक्रमले जानकारी दिएको छ ।

कार्यक्रम मंगला आमा समूहका अध्यक्ष टकसरा रानाको अध्यक्षता, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिवाकुमारी पुनको स्वागत र सुआहाराका फिल्ड सुपरभाइजर रामबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार