बेनी अस्पताल परिसरमा सरसफाइ

अनिल पौडेल बेनी,शनिबार भदौ ७ गते । बेनी अस्पताल परिसरमा सरसफाई गरिएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना ,युरेस माउन्ट ऐभ्रेष्टको सहाभागिता र जिल्ला अस्पताल म्याग्दीको सहजिकरणमा सरसफाई गरिएको थियो ।

४० जना सञ्जालका पदादिकारीहरुको सहभागितामा गरिएको सरसफाई कार्यक्रममा अस्पताल परिसरमा सरसफाई गरिएको थियो । विभिन्न फोहोरहरुले गर्दा दुर्गन्धित भएको अस्पताललाई सफा गनुपर्ने भएकोले गर्दा सञ्जालमा आवद्ध साथीहरु मिलेर सफाँ गरिएको सञ्जालका प्रवक्ता दिपक शर्माले जानकारी दिनु भयो ।

युवाहरुले गरेको यो कार्य एकदमै प्रसंसनिय रहेको र यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्ने अस्पालका अध्यक्ष बेल बहादुर कटुवालले बताउनुभयो । युवाहरुले समाजमा हुने हरेक विसङ्गती तथा कुप्रथा विरुद्ध लड्नुपर्ने र यस्ता कार्यक्रमलाई अझ प्रथामिकता दिने सञ्जालका अध्यक्ष सन्दिप शर्माले बताउनुभयो ।

करिब ३ घन्टा सम्म चलेको सरसफाई कार्यक्रममा विभिन्न संघसंस्थाका पदादिकारीको उपस्थिती रहेको थियो । समाजको लागी आवस्यक रचनात्मक कार्यहरुलाई अझ प्राथमिकता दिने सञ्जालका सचिव अनिल पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार