बोलेरो जिप दुर्घटना अपडेट ः एकको ज्यान गयो ,१२ गम्भीर घाइतेलाई पोखरा पठाइयो

म्याग्दी , बुधबार साउन २२ गते । म्याग्दीको बेनी नगरपालिका ३ हल्लेगौडामा बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार १४ जना घाइते मध्ये गम्भीर एक जनाको ज्यान गएको छ ।


दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बेनी नगरपालिका ३ बर्ष ५५ का रत्नबहादुर खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते मध्ये १२ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ । भने घाइते मध्ये स्वास्थ अवस्था सामान्य रहेकी बेनपा ३ बर्ष ३८ की भुमिदेबी खातीको अस्पतालमा उपचार जारी रहेको जनाइएको छ ।

चालक बेनी नगरपालिका– ३ का यामबहादुर श्रीस मगर, बेनपा –३ बर्ष २५ का विशाल शाक्य ,उनकी श्रीमती बर्ष २२ की शान्ता शाक्य र छोरी बर्ष ३ की साइदा शाक्य ,बेनपा ३ बर्ष २० का इन्द्र बहादुर विक ,बेनपा ३ बर्ष ४० की ज्ञानकुमारी श्रीस मगर ,मंगला गाउँपालिका ८ का विक्रम सुनार , मंगला ३ बुद्धिसरा सुनार ,बागलुङ नगरपालिका ३ बर्ष २१ की मञ्जु खत्री , ,बेनपा ३ बर्ष ७१ डम्मर बहादुर छन्त्याल ,बेनपा ३ बर्ष ४५ का आइतराम विक,बेनपा ३ बर्ष ४५ की रुपा घर्तीै मगलाई पोखरा मनिपाल अस्पताल रिफर गरिएको प्रनि पाण्डेले जानकारी दिनुभयो ।

बुधबार सदरमुकाम बेनी देखी भकिम्लिी तर्फ जाँदै गरेको ग १ ज ७०५६ नम्वरको जिप हल्लेगौडा स्थित बारल्ना घुम्तीमा दुर्घटना भएको थियो ।

साँझ ४ बजे घुम्तीमा ब्रेकफेल भई बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक धन बहादुर थापाले जानकारी दिनुभयो । जिप सडक देखी करिब ७० मिटर तल खसेको थियो । अप्थ्यारो घुम्ती र क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार