भकिम्लीमा परम्परागत हरेलो मेला सुरु

दिपक मंगोल
बेनी ,शनिबार साउन ३२ गते ।

म्याग्दीको बेनी नगरपालिका ३ भकिल्मीमा परम्परागत हरेलो मेला सुरु भएको छ । ‘कला, संस्कृती र परम्परालाई ,जोगाऔं आफ्नो गाउँलाई चिनाऔं’ भन्ने मुख्य उद्देश्यका साथ परम्परागत हरेलो मेला आयोजक समितिको आयोजनामा शनिबार देखी हरेलो मेलाको आयोजना गरिएको हो ।


शनिबारदेखी संचालन भएको मेलाको उद्घाटन वडा अध्यक्ष पदम पुनले गर्नुभएको थियो । अध्यक्ष पुनले मेलाले स्थानीय परम्परागत कला संकृतिको पहिचान तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


आगामी भदौ तीन गतेसम्म मेला संचालन हुने हरेलो मेला आयोजक समितिका अध्यक्ष मिलन घर्ती मगरले जानकारी दिनुभयो । स्थानिय परम्परागत कला, संस्कृती र पहिचान,संरक्षण तथा भकिम्ली गाउँको प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष घर्ती मगरले बताउनुभयो ।


मेलाको अवसरमा पुरूष खुल्ला साविक वडा स्तरिय भलिवल प्रतियोगिता, खुला साविक वडा स्तरिय महिला भलिवल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता, तारा खेल प्रतियोगिता, सो(दान्स प्रतियोगिता, छेलो प्रतियोगिता, अन्धनिशान प्रतियोगिता लगायत विभिध कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार