मानव बेचविखन विश्वको तेस्रो ठूलो सांगठनिक अपराध : मन्त्री थापा

काठमाण्डौं,विहिबार साउन १६ गते । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचविखन विश्वको तेस्रो ठुलो सांगठनिक अपराध भएको बताउनुभएको छ । जनता टेलिभिजनको जनसंवाद कार्यक्रममा मन्त्री थापाले यस्तो बताउनुभएको हो ।

फाइल तस्वीर

उहाँले नेपालमा महिला बालबालिका ओसारपसार तथा बेचविखन कार्य अन्त्य नभएको बताउनुभयो । मानव बेचविखन तथा ओसारपसार रोक्न प्रयास गरे पनि विभिन्न कारणले घट्नु् भन्दा बढेको बताउनुभयो । गरिबी,अशिक्षा तथा बेरोजगारी मानव बेचविखन तथा ओसारपसारको मुख्य समस्या भएको उहाँकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार