मालिकामा विश्व हिन्दू महासंघ गठन

बेनी ,सोमबार साउन २७ गते । म्याग्दी मालिका गाउँपालिकामा रघुनाथ न्यौपानेको अध्यक्षतामा नौ सदस्यिय विश्व हिन्दू महासंघ मालिका गाउँपालिका कार्य समिति गठन गरिएको छ ।

त्यसैगरि समितिको उपाध्यक्षमा रविलाल कँडेल, सचिवमा अमृत सापकोटा, कोषाध्यक्षमा मीना फगामी र सदस्यहरुमा क्रमशः दुर्गादत्त पुन, चक्रपाणि कँडेल, नगेन्द्र निउरे र कमलनाथ शर्मा चयन हुनुभएको छ । त्यसैगरि समितिको सल्लाहकार सदस्यहरुमा सन्तनाथ सुवेदी, मोतीलाल गौतम, दिवाकर सुवेदी र गौमती चापागाई चयन हुनुभएको छ ।

पछिल्लो समय ‘आफ्नो धर्मको रक्षा गरौंँ, वन्धुत्व भाव जगाउँ’ भन्ने मूल अभिप्राय सहित नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवाज सशक्त रुपमा उठिरहेको बेला हिन्दू राष्ट्र निमार्णमा सहयोग पु–याउने उद्देस्यले समिति गठन गरिएको विश्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्यले बताउनु भयो । गठित कार्य समितिले भाइचाराको सम्वन्ध कायम राख्दै हिन्दू धर्मको विरुद्धमा बढ्दै गएका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने गिरोहहरुको खोजि गरि सम्वन्धित निकायमा बुझाउने जस्ता कामहरु गर्ने गठित समितिका अध्यक्ष श्री रघुनाथ न्यौपानेको भनाई थियो । कार्यक्रम दरवाङ् शिवालय मन्दिर ब्यवस्थापन समितिका सदस्य श्री सन्तनाथ सुवेदीको अध्यक्षता र समाजसेवी मोतीलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार