शान्ति सुरक्षा र सुशासन पहिलो प्राथमिकताःप्रजिअ ढकाल

म्याग्दी ,मंगलबार साउन २१ गते ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले शान्ति सुरक्षा र शुसान पहिलो प्राथमिकता भएको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका ढकालले सोमबार पत्रकारसंगको भेटमा सो कुरा बताउनुभएको हो ।


‘शान्ति सुरक्षा ,शुसान ,भ्रष्टाचार न्युनिकरण मेरो पहिलो प्राथमिकता हो’, प्रजिअ ढकालले भन्नुभयो ‘शान्ति शुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन समाजमा हुने अपराधिक क्रियाकलापलाई लक्षित गरी अस्थाई प्रहरी पोष्ट स्थापना देखी लिएर सरकारी कार्यालयमा सेवा प्रवाहलाई नागरिक मैत्रि बनाउन पहल एवं मन्वय हुनेछ ।’


प्रजिअ ढकालले जिल्लामा संचालित राष्ट्रिय गौरवका आयोजना लगायत विकास निर्माणमा देखिएको ढिला सुस्तीलाई हटाई प्रभावकारी रुमपा संचालन गर्न समन्वय तथा सहजिकरण गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले लागु औषध नियन्त्रण लगायतमा विशेष प्राथमिकता दिइने बताउनुभयो ।

भ्रष्टचार न्युनिकरणलाई जोड दिनुहुँदै प्रजिअ ढकालले सरकारी तथा अन्य क्षेत्रमा देखिएको भ्रष्टाचारलाई रोक्न सबैले साथ दिनुपर्ने बताउनुभयो ।


जिल्लामा देखिएको विद्युत कटौती तथा खानेपानी समस्या समाधानका लागि पहल गर्ने प्रजिअ ढकालको भनाई थियो । यसअघिका कार्यक्रमलाई निरन्तरता दिने प्रजिअ ढकालले बताउनुभयो ।सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले कार्यक्रम संचालन गर्नुभएको थियो ।


कार्यक्रममा पत्रकारहरुले जिल्लामा विभिन्न किसिमका ठगि धन्दा मौलाएको , विकास निर्माणमा ढिलासुस्ती ,भ्रष्टाचार लगायतका विषयमा जानकारी गराएका थिए ।भने प्रशानमा हुने सेवा प्रवाहलाई नागरिक मैत्रि बनाउनमा प्रहल गर्न आग्रह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार