२५ औं विश्व आदिवासी दिवस मनाइयो (भिडियोसहित)

काठमाडौं ,शुक्रबार साउन २४ गते । संघीय सरकारको राजधानी काठमाडौंमा विभिन्न कार्यक्रमको साथ विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न जातीय संघ संस्थाको समन्वयमा शुक्रबार आदिवासी दिवस मनाइएको हो ।

जातीय झाँकीसहित सहभागी भएका जातीय संघ संस्थाले भृकुटीमण्डपबाट र्‍याली निकालेर माइतीघरमा पुगेर कोणसभा गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति नेताहरुले लोकसेवा आयोगले आरक्षण कोटा हटाएकोमा चर्को विरोध गरेका थिए ।

संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । यस वर्षको २५ औं विश्व आदिवासी दिवसको ‘आदिवासीका भाषाहरू’ नारासहित मनाइएको हो । यो वर्षको आदिवासी दिवसलाई आन्दोलनको रुपमा मनाएको महासंघका अध्यक्ष जगत बरामले बताए । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार