बेनी,मंगलबार असोज ८ गते । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ ।
चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे… (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।
खड्ग गर्बुजाको गीत संगित रहेको गितमा तेजेन्द्र गुरुंगको संगित संयोजन छ । सुरेश घिसिङले ड्रोनको प्रयोग गरेर भिडियो खिचेका छन् ।
सन्तोष पिठाकोटे मगरले छायांकन, छवी रानामगरले सम्पादन गरेको म्युजिक भिडियोमा शंकर घर्तीमगर र रिना थापा मगरको मुख्य अभिनय छ ।
गित र म्युजिक भिडियोमा मराङगका धार्मिक, पर्यटकीय स्थल, सबै बस्तिहरु, झरना, नदीनाला, गुफाका साथ परम्परागत संस्कृतिलाई समेटिएको भिडियो निर्माण समितिका संयोजक लोकप्रसाद पुनले बताउनुभयो ।
गित र म्युजिक भिडियो निर्माणका लागि धवलागिरी गाउँपालिका, वडा कार्यालय, युवा क्लव, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, स्वदेश तथा विदेशमा रहेका मराङबासीहरुले सहयोग गरेका छन् ।
गित मार्फत गाउँको प्रचारप्रसार र चिनाउन म्युजिक भिडियो निर्माण गरिएको पुनले बताउनुभयो ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…