राष्ट्रिय मगर संघ धवलागिरीको प्रथम अधिवेशन , अध्यक्षमा रोका
बुधवार, असोज १ गते
। म्याग्दी न्युज संवाददाता
बेनी ,बुधबार असोज १ गते । नेपाल राष्ट्रिय मगर संघ धवलागिरी गाउँपालिका अध्यक्षमा देबेन्द्र बहादुर रोका मगर निर्वाचित हुुनुभएको छ । मंगलबार भएको पालिकास्तरिय प्रथम अधिवेशबाट रोका निर्वाचित हुनुभएको हो । रोकाको अध्यक्षतामा गाउँपालिका स्तरिय १५ सदस्य कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा खिम बहादुर गर्बुजा ,सचिवमा सपना पुन मगर,सहसचिवमा नयन्द्र गर्बुजा कोषाध्यक्षमा फुलमाया बुढा तथा सदस्यहरुमा टेक बहादुर सिंकिजा मगर,हेम जुग्जाली,अर्जुन घर्ती ,हिम बहादुर पुन ,ज्ञान बहादु घर्ती,चुरमाया मगर,प्रेमकुमारी मगर,सक बहादुर पुन मगर , धनु रोका मगर र तेजप्रकाश पुर्जा निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य खिमा पुर्जाले निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै मगर समुदायको लोपोन्मुख भाषा ,कला,संस्कृती ,पहिचान तथा हक अधिकारका निम्ती सबै मगरहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल मगर जिल्ला कार्यसमितीका अध्यक्ष हिराबहादुर पुनले गाउँपालिका स्तरिय मगर सघ गठनलाई तिब्रता दिइएको बताउनुभयो । मगर समुदायको लोपोन्मुख भाषा कला ,संस्कृतिको संरक्षण तथा हक अधिकार प्राप्त गर्नका निम्ती मगर एकताले सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा २ का कोषाध्यक्ष तेजिन्द्र थापा ,धवलागिरी गाउँपालिका ७ वडा इकाइ सभापति मन बहादुर भण्डारीले बोल्नुभएको थियो । नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमितिका अध्यक्ष पुनको अध्यक्षता काजिमान रोकाको संचालन तथा देब रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…