किर्नाको टोकाइबाट शिक्षकको ज्यान गयो

पाँचथर,शनिबार भदौ २१ गते । डेढ साता अघि किर्ना ९एकप्रकारको किरा०ले टोकेर विरामी परेका शिक्षकको मृत्यु भएको छ ।

किर्नाले टोकेर फिदिम नगरपालिका–४, गढीका विनोद कुगेनम्बाको ज्यान गएको हो ।विरामी परेका कुगेनम्बाको पाँचथर अस्पताल र नोबेल अस्पताल विराटनगरमा समेत उपचार गर्दा सम्भव नभएपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्य भएको आफन्त उपेन्द्र लावतीले बताउनुभयो ।कुगेनम्बा फिदिम–७, रानिटार माविमा शिक्षण गर्दै हुनुहुन्थ्यो ।

जनता समाचार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार