कृषिमन्त्री खनाललाई डेंगु रोगको संक्रमण

काठमाण्डौ, विहिबार भदौ १९ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएको छ । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो । परीक्षणमा डेंगु भएको पुष्टि भएपछि उनलाई बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । नेपाल टाईम्स

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार