झिँ सामुदायिक होमस्टेको उद्घाटन

बेनी, शुक्रबार भदौ २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा शुक्रबार झिँ सामुदायिक होमस्टे ९घरबास०को उद्घाटन गरिएको छ ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले होमस्टेको उद्घाटन गर्नुभएको हो । अध्यक्ष भण्डारीले पर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकास र जिविकोपार्जन सुधारमा जोड दिएको बताउनुभयो ।

टोड्के, रुइसे, भेडिओडार, रिखार, मालिका, बेगको लामो पुल लगायत गाउँपालिकाको धार्मिक पर्यटकीय स्थलको विकासका लागि पूर्वाधार विकासमा प्राथमिकता दिएको बताउनुभयो । झिँ सामुदायिक होमस्टेका अध्इक्ष डेकप्रसाद गर्बुजाको अध्यक्षता, सचिव गौरी गर्बुजाको सञ्चालन र सहसचिव लक्ष्मी शेरपुञ्जाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, सब डिभिजन वन कार्यालय रघुगंगाका फरेष्टर राम्जी शर्मा, महेन्द्र मावीका प्रअ यामबहादुर शेरपुञ्जा, कार्यपालिका सदस्य रिति थजाली र स्थानीय गोविन्द पाइजाले मन्तब्य व्यक्त गर्नुभएको थियो । आमा समूहले गित र नृत्य प्रस्तुत गरेका थिए ।

धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशद्धार झिँ पर्यटकीय स्थल टोड्केको फेदीमा छ । टोड्के र गाउँको भ्रमणमा आउने पर्यटकहरुको सुबिधाका लागि पाहुना घर र होमस्टे सञ्चालन गरिएको छ ।
१४ लाख ३३ हजार २२ रुपैयाँको लागतमा ४ कोठे पाहुनाघर निर्माण भएको छ । दुई वटा कोठामा पाहुना सुत्ने ठाउँ बनाइएको छ । एक वटा भान्छा र अर्को डाइनीङ हल छ । शौचालय र सयनकक्षको पनि सुबिधा छ ।

झिँका १९ घर मध्य पहिलो चरणमा ९ घरमा होमस्टे सुरु भएको छ । थप घरमा पनि पूर्वाधार तयारी गरेर घरबास चलाउने योजना छ । पाहुनाघर निर्माण र होमस्टे सञ्चालनका लागि वन डिभिजन कार्यालयले दश लाख, गाउँपालिकाले एक लाख ४२ हजार र सञ्चालकहरुले दुई लाख ८४ हजार रुपैयाँ लगानी गरेका छन् ।गाउँमा आउने पाहुनालाई भवनमा खाना खुवाएर आलोपालो प्रथा अनुसार होमस्टे सेवा भएको घरमा बास बस्ने सेवा दिइने अध्यक्ष गर्बुजाले बताउनुभयो । रिखार दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार