नगर प्रमुख श्रेष्ठद्धारा बाढी पिडितलाई ५५ हजार रुपैयाँ सहयोग

बेनी ,आइतबार असोज ५ गते ।
म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा नं २ स्थित बगरफाँटका बाढी पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । गयराती परेको अविरल बर्षासंगै कोटखोलामा आएको बाढीबाट पिडित परिवारलाई प्रमुख श्रेष्ठले आफुले पाउने सेवासुविधाबाट ५५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

आइतबार बाढी पिडितको परिवारलाई भेट्न बगरफाँट पुग्नुभएका प्रमुख श्रेष्ठले आफूले पाएको सेवासुविधाबाट अनिता, पार्वती र राममाया परियार तथा दिलप्रसाद जुग्जालीलाई व्यक्तिगत रुपमा १० हजार रुपैयाँका दरले सहयोग गर्नुभएको हो ।

भने अन्य परिवारहरुलाई पाँचहजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउनुभएको हो । बाढीबाट पीडित तथा प्रभावितहरुलाई नगद सहयोग हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख श्रेष्ठले सबैलाई विपत्ति आउने भएकाले पीडितहरुलाई धैर्यधारण गर्न र नआत्तिन आग्रह गर्नुभयो । साथै सोही अवसरमा नगरपालिकाले बाढी पिडितलाई राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार