नेपालको ऐतिहासिक जित

काठमाडौं,मंगलबार भदौ २४ गते । विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

सन् २०२२ मा हुने विश्वकपको छनोटमा मंगलबार ताइपेई स्टेडियममा भएको खेलमा नेपाल २–० गोल अन्तरले विजयी भएको हो । नेपाललाई जितमा अन्जन विष्टले दुवै गोल गरेका हुन् । अन्जनले खेलको तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको ६३ औं मिनेटमा उनले नै थप एक गोल गरे ।

नेपाल छनोट चरणको पहिलो खेलमा केवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । आजको जितसँगै नेपाल दुई खेलबाट तीन अंक जोड्दै समूह ‘बी’ तेस्रो स्थानमा उक्लेको छ ।

नेपालले अजाको खेलमा जित निकालेसँगै विश्वकप छनोटमा आफ्नो सम्भावना बलियो बनाएको छ । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार