नेष्डोका कर्मचारी माथि कुटपिट

बेनी ,विहिबार भदौ १९ गते ।
नेष्डो नेपाल माइक्रो फाइनन्स दरबाङ्ग शाखामा कार्यरत शुस्मा क्षेत्री कुटिनुभएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको माइक्रो फाइनन्स शाखामा कार्यरत तनहुँकी क्षेत्री सोही गाउँपालिकाको वडा नं २ रुमबाट पैसा संकलन गरेर फर्किने क्रममा बाटोमा अपरिचित दुई पुरुषबाट कुटिनुभएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

अपरिचित व्यक्तीको कुटाइबाट शुस्मा क्षेत्री गम्भीर घाइते हुनुभएकी छिन भने अनिता गिरी घटना हुने समयमा अर्कै स्थानमा भएको बताइएको छ । गम्भीर घाइते शुस्मालाई दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागि मनिपाल अस्पताल पोखरा पठाइएको जिप्रका म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते शुस्माको टाउको र घाँटीमा गहिरो चोट लागेको छ । कुटपिटमा संलग्न व्यक्तीको खोजि गर्न ईलाका प्रहरी कार्यालय दरबाङ्गका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको नेतृत्वको टोली घटना स्थल तर्फ खटेको प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार