बगरफाँटमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता (फोटो सहित)

बेनी आइतबार असोज ५ गते ।
म्याग्दीको बेनी नगरपालिका २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् ।

बेपत्ता दुई बालिकाको खोजी कार्य जारी रहेको प्रहरी विट मंगलघाटका प्रहरी हवल्दार सुरेशलाल नगरकोटीले जानकारी दिनुभयो । राती करिब ११ ः१५ बजेको समयमा कोटखोलामा बाढी आएको खबर थाहा पाएपछि उद्धारमा खटिएको प्रहरी हवल्दार नगरकोटीले भन्नुभयो । बाढी आएपछि भाग्ना खोज्दा दुई बालिकालाई बाढीले बगाएको हुन सक्ने उहाँको भनाइ छ । रातको समय भएकाले उद्धारमा समस्या भएको थियो । पार्वती परियार र अनिता परियार स्थानीय अम्बिक श्रेष्ठको जग्गा भाडा लिएर घर बनाएर बस्दै आउनुभएको थियो ।

गयराती करिब ११ ः१५ बजेको समयमा बस्तीमा बाढी पसेको स्थानीय बाढी पिडित रश्मी दमाइले बताउनुभयो । सुतिरहेको अवस्थामा राती अचनाक बाढी आएपछि हामी भागेर बाच्न सफल भयौं दमाइले भन्नुभयो । बर्षा संगै आएको बाढीले बगरफाटँमा रहेको बुद्ध एकेडेमी बोर्डिङ स्कुल संगै स्थानीय रेशम जुग्जाली ,अनिता परियारी र पार्वती परियारको घरमा पुर्ण रुपमा क्षती पु¥याएको छ ।

पार्वती परियार ,अनिता परियार र रेशम जुग्जालीको घर पुर्ण रुपमा पुरिएको छ भने सुकुम्बासी रश्मी परियार ,माया परियार र सेते किसानको घरमा आंशिक क्षती पु¥याएको छ । बाढीले विद्यालय पुरिँदा करिब एक करोड बराबरको क्षती भएको प्रअ ध्रुवसागर शर्माले बताउनुभयो । विद्यालयमा पुर्ण रुपमा क्षती भएपनि मानविय क्षती भने नभएको प्रअ शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार