मल्कवाङमा करेन्ट लागेर १ जनाको ज्यान गयो

बेनी,मंगलबार असोज ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्व फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो ।

नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहबाट भेडिखाल्टामा लागेको मेलाका लागि विद्युत छोड्ने क्रममा मल्कवाङमा समन्वय नहुँदा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय दरवाङबाट साँझ मल्कवाङ पुगेको प्रहरी टोलीले पोलमै झुण्डिएको अवस्थामा रहेको छन्त्यालको शव निकालेर परिक्षणका लागि दरवाङतर्फ लैजाने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार