मालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध अभियान संचालन गर्ने ,अध्यक्ष रोकाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन

बेनी,सोमबार भदौ ३० गते ।
म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध सचेतनामुलक अभियान संचालन गनेभएको छ । आइतबार बसेको बैठकले आगामी असोज ३ गते देखी गाउँपालिकाको सबै वडामा सो अभियान संचालन गर्ने भएको हो । गाउँपालिकाका सात वटै वडामा अभियान संचालन गरिने उपाध्यक्ष खर माया विटालुले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र हुने आर्थिक तथा सामाजिक हिंसा न्युनिकरणका लागि अभियान संचालन गर्न लागिएको उहाँले बताउनुभयो । प्रहरी, उद्योग वाणिज्य संघ ,क्लब ,आमा समुह तथा विभिन्न सरकारी तथा गैरसकारी संघसंस्था सहितको बैठकले कार्यविधि बनाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको उपाध्यक्ष विटालुले जानकारी दिनुभयो । साथै वडा स्तरमा वडा अध्यक्षको संयोजकत्वमा कार्यक्र संचालन हुनेछ ।

गाउँपालिका भित्र घट्ने आर्थिक ,सामाजिक तथा विभिन्न खाले विकृती विसङगती विरुद्ध सचेतनामुलक अभियान संचालन गरिने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो । अभियान अन्तर्गत लैङ्गिक ,जातिय ,सामाजिक आर्थिक तथा मादक प्रदार्थ न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार