मौवाफाँटमा बोलेरो जिप दुर्घटना,दुर्घटनामा घाइते चार मध्ये तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ रिफर

बेनी,मंगलबार भदौ १७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ ।

रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा घाईते भएका चार जनामध्ये चालक सहित तीन जनालाई एयर डाइनेष्टीको हेलिकप्टरबाट काठमाण्डौ मेडिसिटि अस्पतालमा उपचारका लागि लगिएको हो ।

घाईते चालक म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका ओमबहादुर पुन , सर्वेयर बुद्धिसागर न्यौपाने र सिभिल इञ्जिनियर शैलेस शाक्यलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा शक्त घाईते उनीहरुलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो ।

त्यसैगरि दुर्घटनामा परि घाईते सिभिल इन्जीनियर विसन घिसिङको बेनी अस्पतालमै उपचार भैरहेको छ । उनलाई समेत थप उपचारको लागि काठमाण्डौ नै लैजाने तयारी गरिएको आयोजनाले जनाएको छ । दुर्घटनामा परेको आयोजनाले भाडामा लिएको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाईतेहरुको स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी र प्रहरीले उद्धार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार