म्याग्दीमा पनि संबिधान दिवस मनाइयो

बेनी,शुक्रबार असोज ३ गते ।
संविधान सभावाट नयाँ संविधान जारी भएको चार बर्ष पुरा भएको अवसरमा असोज ३ लाई आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसैगरी म्याग्दीमा पनि जिल्ला स्थित पाँच गाउँपालिका ,एक नगरपालिका ,जिल्ला समन्वय समिति म्याग्दी ,जिल्ला प्रशासन ,जिल्ला अदालत तथा विभिन्न सरकारी कार्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएका हुन् ।सदरमुकाम बेनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले संविधान दिवस सबैका लागि गर्वको विषय भएको बताउनुभयो ।

संविधान संशोधन गरेर थप गतिशील बनाएको र आगामी दिनमा पनि अझै फराकिलो ढंगले असन्तुष्ट समुदायका माग सम्वोधन गरी संविधानलाई सर्व्स्विकार्य बनाउन सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो ।संविधान सभाका सदस्यद्धय नवराज शर्मा र गोविन्द्र पौडेल,गण्डकी प्रदेश सभाका सांसद विनोद केसी जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र केसी,बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ ,जिल्ला न्याधिश माधवेन्द्र राज रेग्मी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नगर पालिकाका सुचना अधिकारी युवराज थापाको संचालन र जिसस सदस्य शेरबहादुरको केसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । बेनी नगरपालिकाको आयोजनामा भएको निवन्ध प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी एलिना नेपाली प्रथम, मंगला शिक्षा क्याम्पसकी प्रमिला पौडल दिप्तृय, माउण्ट एभरेष्ट विद्यालयका करिश्मा सुवेदी तृतिय र न्यु वेष्ट पोइन्टकी रेखा विक र पौलस्त्य माविकी सिमा किसान सान्तवना भएका थिए ।

प्रतियोगितामा विजेता , उपविजेता र सान्त्वना स्थान हासिल गरेका प्रतियोगिलाई पुरस्कृत गरिएको थियो । दिवसको अवसरमा जिल्लाको सदरमुकाम बेनीमा सांसद, राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको सहभागितामा ¥याली मार्फत बजार परिक्रमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार