ललिता निवास जग्गा प्रकरणमा मुछिएका थप ५८ जना बयानको लागि अख्तियारको दायरामा

काठमाडौं विहिबार भदौ १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा किनबेच प्र्रकरणमा मुछिएका सबैलाई छानबिनको दायरामा ल्याएको छ ।

५८ जनामध्ये ५४ जना ललिता जग्गा किनबेचमा मुछिएका छन् । यसअघि अख्तियारले ८९ जनालाई बयानमा बोलाइसकेको छ ।

ललिता निवासभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा कायम गरेको भेटिएपछि जग्गाधनीसँग बयान गर्न लागिएको हो ।

सरकारले जग्गाधनीलाई मुआब्जा दिई अधिकरण गरिसकेको जग्गा पुनः मालपोत कार्यालयले अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको पाइएपछि अनुसन्धान थालेको हो ।२०६२ सालमा छानबिन समितिले भूमाफिया किटान गरेका डा। शोभाकान्त ढकाल र रामकुमार सुवेदीलगायतले सो जग्गा सस्तोमा किनेका थिए । आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले यो समाचार लेखेका छन् । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार