लोकगायक कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’गितको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं,शुक्रबार भदौ २७ गते ।

चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्ने बाध्यता र गाउँघरको ब्यथालाई चित्रण गर्न खोजिएको छ ।

डिआर सुजनको निर्देशन तथा जितु तामाङले छायाङकन गरेको म्युजिक भिडियोकोे रमेश विक रसाइलीले सम्पादन गर्नुभएको छ । भिडियोमा पुर्णिमा बिसी र गायक हेमन्त कान्छा लगायत कलाकारको अभिनय रहेको छ । भिडियो हेर्नुहोस् :

अभिनयमा गरिबीका कारण जिवन साथी साथीसंग छुट्टीएर बस्नुपर्दाको प्रदेशीहरुको पिडा,बेदना र भावलाई चित्रण गरिएको देखाइएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ मा जन्मनुभएका रसाइलीले यसअघि पनि चर्चित काँचो सुन्तला ,बालापन लगायत लोकगितहरु सृजना गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार