शिखमा टिकट काउण्टर सञ्चालन

सुरेन गुरुङ
शिख ,आइतबार भदौ २२ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा टिकट काउण्टर संचालनको तयारी थालिएको छ । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालिले शिखमा टिकट बुकिङ काउण्टर सञ्चालनमा ल्याउने भएको हो । टिकट काउण्टरको वडा अध्यक्ष दिनेश कुमार पुनले एक समारोहका विच उद्घाटन गर्नुभयो ।

वडा अध्यक्ष पुनले शुल्क निर्धारण नहुँदा यातयात व्यवसायीहरुले यात्रुहरुबाट मनोमानि रुपमा आफुखुशी चर्को भाडा शुल्क लिने गरको बताउनुहँदै काउण्टर स्थापना संगै समस्या हट्नेमा विश्वास व्यक्त गर्नुभयो ।

यातयात व्यवसायी कार्यसमितिका सदस्य बाबुराम गिरीले यात्रुहरुलाई लक्षित गरी काउण्टर संचालनमा ल्याइएको बताउनुभयो । प्रशासनको संगको छलफलबाट यात्रुलाई मर्का नपर्ने गरी छिट्टै भाडाको दर निर्धारण हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीयले भाडा दर निर्धारण नहुँदा यातयात व्यवसायीले मनोमानि रुपमा आफुखुशी महङ्गो शुल्क लिने गरेको गुनासो गरेका थिए । कार्यक्रममा वडा सदस्य दिर्जु रन्तिजा ,काउण्टर इन्चार्ज लगायत स्थानीय बासिको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार