समाजसेवी रोकाद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १ लाख सहयोग

दरबाङ,शनिबार असोज ११ गते ।
समाजसेवी मुक्ती रोका मगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाइ एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मंगला गाउँपालिका– १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका– ६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको हो ।

रोका र उहाँको परिवारद्धारा आयोजित शनिबार देखी दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु भएको निशुल्क दन्त शिविरलाई सम्बोधन.गर्नुहुँदै मोना अष्ट्रेलियाका अध्यक्ष समेत रहनुभएका रोकाले स्वास्थ्य केन्द्रमा विपन्न नागरिक औषधी उपचार र स्वास्थ्य सामाग्री खरिदका लागि सहयोग गरिएको बताउनुभयो ।

‘आर्थिक अभावका कारण औषधी खरिद गर्न नसक्ने विपन्न नागरिक र आवश्यक स्वास्थ्य सामाग्री खरिदमा केही सहयोग पु¥याउन सकियोस भनि आर्थिक सहयोग गरेको हुँ’ उहाँले भन्नुभयो ।

समाजसेवी एवम् अध्यक्ष रोका मगर र उहाँको परिवारद्धारा आयोजित शिविर आइतबार सम्म संचालान हुने छ । पश्चिम म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरी आयोजित निशुल्क दन्त शिविरमा पहिलो दिन तीन सय बढीले सेवा लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार