नारायण राई बेनी,बुधबार कात्तिक ६ गते । म्याग्दीको बेनी नगरपालिका –९ तोरिपानीका मृगौला रोगी इन्द्रबहादुर बानियाँ (राजु) बचाउ अभियामा साढे तीन लाख रुपैयाँ बढी सहयोग रकम प्राप्त भएको छ । तोरिपानी स्थित सुर्यकिरण युवा क्लबको आयोजनामा संचालन गरिएको मृगौला रोगी इन्द्रबहादुर बचाउ अभियानलाई सो सहयोग रकम प्राप्त भएको हो । संकलित सो सहयोग रकम मृगौला रोगि इन्द्रबहादुर बानियाँका परिवारलाई एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।
अभियानलाई बेनी बजार बासी ,स्थानीय गाउँवासी तथा प्रवासमा रहेका नेपालीहरुबाट गरी ३ लाख ६५ हजार रुपैयाँ सहयोग रकम प्राप्त भएको इन्द्रबहादुर बानियाँ बचाउ अभियानका आर्थिक संयोजक रेशम राईले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै मृगौला रोगबाट पिडित इन्द्रबहादुर बानियाँ बचाउ अभियानलाई आर्थिक सहयोग रकम आउने क्रम जारी छ ।
मृगौला पिडित इन्द्रबहादुरको हाल काठमाण्डौैं स्थित वनस्थली किड्नी सेण्टर अस्पतालमा उपचार भइरहेको अभियान संयोजक क्लबका संस्थापक अध्यक्ष सुर्यप्रकाश बानियाँले जानकारी दिनुभयो । मृगौला रोगी बानियाँले हप्ताको दुई पटक डाइलेसिस गराउँदै आउनुभएको छ । आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण हुन नसकेको क्लबका अध्यक्ष विनोद केसीले जानकारी दिनुभयो ।
अभियानमा आर्थिक सहयोग गर्ने सहयोगीहरुप्र्रति धन्यवाद व्यक्त गर्नुहुँदै क्लबका अध्यक्ष केसीले इन्द्रबहादुर बचाउ अभियानलाई सहयोग गर्न आग्रह गर्नुभयो । ४० बर्षिय मृगौला रोगी इन्द्रबहादुरका एक छोरा र एक छोरी गरी दुई सन्तान छन् । क्लबको आयोजनामा असोजदेखी इन्द्रबहादुर बानियाँ बचाउ अभियान थालिएको निवर्तमान अध्यक्ष तेजबहादुर राईले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर रहेको मृगौला रोगबाट पिडित इन्द्रबहादुरको उपचारमा सहयोग गर्न उहाँँले सबैलाई अपिल गर्नुभयो । सहयोगका लागि सुर्यप्रकाश बानियाँ सम्पर्क न ९८४७६४२४४६ रेशम राई सम्पर्क नं ९८२३२६०३६२ विनोद केसी सम्पर्क नं ९८६३२५२६७६
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…