४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना उद्घाटन
आइतवार, कार्तिक ३ गते
। म्याग्दी न्युज संवाददाता
लुलाङ, आइतबार कात्तिक ३ गते ।धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ ।
बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताउनुभयो ।
परियोजना उद्घाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले आगामी दुई वर्षभित्र लुलाङमा केन्द्रीय प्रशारण लाइनको समेत विस्तार हुने बताउनुभयो । लुलाङ हुदै जलजला जोड्ने सडकलाई संघीय सरकारबाट यस वर्ष एक करोड र गुर्जा जोड्ने सडकलाई प्रदेश सरकारबाट डेढ करोड रुपैयाँ बिनियोजन भएको बताउनुभयो ।
गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई पक्की बनाउने सरकारको योजना रहेको जानकारी गराउनुहुदै लमसुङ माविमा चार कोठे र लुलाङ आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माणका लागि बजेट बिनियोजन भएको बताउनुभयो ।गाउँपालिकाका अध्यक्ष थमसरा पुनले लघुजलविद्युतको प्रयोग गरेर आयआर्जन र उत्पादनमुलक उद्यम व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सुझाव दिनुभयो । लुलाङमा बालबिवाह न्युनीकरण र सरसफाई कायममा जोड दिनुपर्ने बताउनुभयो ।
परियोजनामा प्रयोग भएका काठका पोल विस्थापित गराएर फलामका राख्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले यो परियोजना गाउँपालिकाको गौरवको आयोजना भएको बताउँदै यसको दिगो प्रयोग, सुरक्षा र संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
वडा अध्यक्ष गमप्रसाद बिक, सदस्य केशरबहादुर पुर्जा, नेकपाका बलबहादुर बिक र नेपाली काँग्रेसका ज्ञानबहादुर पाइजाले २०७२ मा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि बन्द भएको परियोजना पुननिर्माण भएपछि लुलाङबासीलाई राहत मिलेको बताउनुभयो ।
कार्यक्रममा हेलीकप्टरबाट परियोजनाको जेनेरेटर र टरर्वाइन ढुवानका लागि सहयोग गर्ने काठमाडौका कलीराम पुर्जालाई सम्मान गरिएको थियो । यसैगरी श्रीमानले दोस्रो बिवाह गरेपछि अलपत्र परेका सुकमाया बिकका छ जना छोरीहरुको पठनपाठनका लागि मोना बहराइनका दितृय उपाध्यक्ष भक्तबहादुर सिङ्कीजाको पहलमा संकलित ३१ ह्जार २५० रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
नर्जाखोला युवा क्लवका अध्यक्ष सविन घर्तीको सञ्चालन, वडा अध्यक्ष गमप्रसाद बिकको अध्यक्षता र उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बालबिवाह र बहुबिवाह बिरुद्धको कानुनी ब्यवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
खबाङको दोभानमा बाँध बनाइएको छ । ७२५ मिटर लामो पाइपलाइन मार्फत ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । ८६ मिटर फलामे र ६६३ मिटर प्लाष्टिक पाइप जडान भएको छ ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…