एनआरएनएको अध्यक्षमा पन्त

काठमाण्डौ ,शुक्रबार कात्तिक १ गते । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्यलाई १ सय ३५ मतले हराउँदै पन्त एनआरएनएको नयाँ अध्यक्ष बन्नुभएको हो ।

पन्तले एक हजार ९४र आचार्यले नौ सय ५९ मत प्राप्त गर्नुभएको मतगणनामा संलग्न निर्वाचन समितिका सदस्यले जानकारी दिएका छन् । मतगणनाको औपचारिक घोषणा हुन भने अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा र बद्री केसी निर्वाचित हुनुभएको छ । चुनावमा दुई हजार तीन सय ४४ मत खसेको थियो । २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उमेदवारी दिएका थिए । उज्यालो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार