विश्वामित्र सहकारीको आठौं साधारणसभा

बेनी,आइतबार कात्तिक ३ गते ।

जिल्लाको सदरमुकाम बेनीमा संचालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार बेनी नगरपालिका–६ डम्बरामा एक कार्यक्रमका विच आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीले उद्घाटन गर्नुभयो । उहाँले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा जोड्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । सहकारीको पुँजी परिचालन गर्न सकेमा देशको विकासमा टेवा पुग्ने बताउनुभयो ।

सहकारीका अध्यक्ष याम बहादुर बानियाँले सहकारीको निति तथा कार्यक्रम अनुसार सहकारी अगाडी बढेको बताउनुभयो । उहाँले सहकारीलाई उत्पादनमुलक क्षेत्रसंग जोडेर अगाडी  बढ्ने  बताउनुभयो । कार्यक्रममा ४ सय ३९ जना शेयर सदस्य रहेको सहकारीको २ करोड ९६ लाख ५९ हजार ६ सय  रुपैयाँ शेयर पुँजी रहेको कोषाध्यक्ष गिता बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष ०७५÷०७६मा एक करोड ९० लाख ४७ हजार ९ सय १४ रुपैयाँ आम्दानी र एक  करोड  ५६ लाख २ हजार ९ सय  ६८ रुपैयाँ खर्च रहेको सहकारीले ३४ लाख ४४ हजार ९ सय ४५ रुपैयाँ मुनाफा आर्जन गरेको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । सहकारीका अध्यक्ष वानियाँको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर रिजालको स्वागत र सहसचिव भिम बहादुर खत्री संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार