आयोजनालाई प्रतिकुल प्रभाव पार्ने गरी मुआब्जा नखोऔं : प्रधानमन्त्री ओली

काठमाडौं ,सोमबा मंसिर २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला आयोजनाहरुलाई प्रतिकूल प्रभाव पार्ने गरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।

नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनामा विलम्ब र महंगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गरे ।

रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेघावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सोमबार प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट स्विच अन गरेर उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन नागरिकहरुले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महंगो बनाउन नहुने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र जनताको हितका लागि भएकाले पनि यसमा धेरै महंगो हुने गरी मुआब्जा लिनु नहुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भईरहेको बताए । सो विद्युत आयोजनाले मुलुकमा विद्युत आयात न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकारले उर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर मुलुकलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको बताए ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेको सो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । खासगरी काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत् न्यूनिकरण गर्न पनि यो आयोजनाले सघाउ पुर्याउनेछ । त्यस अवसरमा प्रधानमन्त्री ओलीले विद्युत् आयोजना निर्माण कार्यमा संलग्न सबैप्रति आभार व्यक्त गरे । नागरिक खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार