उम्मेदवार ई.धर्मराज,घरघरमा

पोखरा, सोमबार मंसिर ९ गते ।
समाजवादी पार्टीका उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङ पोखरा १६ को घर घर अभियानमा जुट्नुभएको छ। आफ्नै गाँउ क्षेत्रका जैमुरे, गर्लाङ, अर्मलाको घरघरमा उम्मेदवार गुरुङ पुग्नाका साथै विभिन्न ठाँउमा कोणसभाहरु समेत सम्पन्न गरिएको छ।

घर घरमा पुग्दा उहाँलाई गाँउबासीले आफ्नै मनले रोजेको इमान्दार उम्मेदवार आईपुगेको भन्दै भव्य स्वागत गरेका थिए। गाँउबासीको भनाई थियो, विगतमा धेरै नेतालाई माननीय बनाईयो हामीलाई चुनावी आश्वासन मात्र दिए, सांसद बनेपछि भेट्न पनि सकिएन तर धर्मराज गुरुङ गाँउकै दाजुभाई भएकाले दुखसुखमा साथ पाउने हात चिन्हमा मतदान गरी विजयी गराउने प्रतिवद्धता जनाएका थिए।

जैमुरैका रामबहादुर गुरुङले भन्नुभयो, मैले सानैदेखि चिनेको धर्मराज गुरुङ अत्यन्तै इमान्दार, कर्मठ हुनुहुन्छ, उहाँ जस्तै जनप्रतिनीधि पठाए मात्रै नेपाल समृद्ध बन्ने बताउनुभयो।गर्लाङकी चन्द्रकुमारी गुरुङले स्वागत गर्दै भन्नुभयो, हरेक दुख सुखमा साथ दिने धर्मराज गुरुङलाई गर्लाङबासीले मतदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

यसरी नै प्रदिप गुरुङले पुराना पार्टी देशलाई काण्डै काण्डको देश बनाएकाले समृद्ध नेपाल निर्माणको नाराका साथ उदाएको समाजवादी पार्टीका उम्मेदवार ई।धर्मराज गुरुङलाई अर्मलाबासीको साथ रहने बताउनुभयो।

घरदैलो कार्यक्रमसँगै जैमुरे, गर्लाङ र अर्मलामा कोणसभामा उम्मेदवार ई।धर्मराज गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुहुदै समान कानुन, सिस्टममा चल्ने देश, विदेशको अनुभव समृद्ध नेपाल निर्माणका अभियानमा लगानी गर्न र आफ्नो क्षेत्रमा रहेका गाँउहरुलाई विकासको नमुना प्रस्तुत गर्ने उद्घोष गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार