गरिमाको १३ औं वार्षिकोत्सवमा रक्तदान

म्याग्दी, आइतबार मंसिर ८ गते । गरिमा विकास बैंकको वार्षिकोत्सवमा बेनीमा रक्क्तदान कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा शनिबार सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारण सहभागि भएका थिए ।

बैंकले हरेक वर्षको वार्षिकोत्सवको अवसरमा सामाजिक काममा योगदान पु¥याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको गर्दै आएको छ । शाखा प्रवन्धक कमलप्रसाद ढुङ्गानाका सञ्चालन र प्रमुख अथिति बैंकका सञ्चालक डाक्टर भूपेन्द्रबहादुर खड्काले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गरेका थिए ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र म्याग्दीका संयोजक सुरत केसी, जिल्ला अस्पतालका ल्याब टेक्निसियन अधिकृत यामबहादुर थापा, हस्पीटलका अन्य प्राविधिक सहयोग गरेका थिए ।नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको हाल देशभर ९० ओटा शाखा सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार