गलेश्वरमा एकैदीन करिब साढे ५ लाख रुपैयाँ भेटी संकलन

बेनी,मंगलबार मंसिर १० गते ।
म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर करिब साढे ५ लाख रुपैयाँ भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका –९ स्थित गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनको अवसरमा भक्तजनले चढाएको र सहयोग रकमबाट एक दिन ५ लाख २६ हजार रुपैयाँ बढी भेटी संकलन भएको हो ।

पर्वको अवसरमा गलेश्वरको दर्शन, पुजापाठ र सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका स्टलहरुको शुल्क समेत गरि रु ५ लाख २६ हजार १ सय २३ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

यस बर्षको बालाचर्तुदशीमा गलेश्वरमा अहिलेसम्मकै बढी भक्तजन भित्रिएको कारण भेटी रकम समेत बढी संकलन भएको कोषाध्यक्ष पुनले बताउनुुभयो । कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा सोमबार शतबीज छर्नका लागि हजारौँ भक्तजनको आगमन भएको थियो ।

यस बर्षको बालाचर्तुदशीमा आएका भक्तजनहरुको सख्ंया अहिलेसम्मकै धेरै रहेको र संकलन हुने भेटी रकम समेत बढेको गलेश्वर शिवालय क्षेत्रविकास कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । सोमबार बालाचर्तुदशीको अवसरमा गलेश्वरमा ५० हजार बढीले दर्शन तथा पुजापाठ गरेको कोषले जनाएको छ । बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार