जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा,२० भन्दा बढी विद्यालयले सहभागिता जनाउने

म्याग्दी ,आइतबार मंसिर ८ गते । जिल्ल्लाको सदरमुकाम बेनीमा सोमबार देखी सुरु हुने १८ औँ जिल्लास्तरीय अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी जेसिजको योजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

जिल्लाका २० देखि २२ विद्यालय सहभागि हुने प्रतियोगिताको आर्थिक संकलन, प्रचारप्रसार, पूर्वाधार निर्माण, खेलकुद सामाग्री ब्यवस्थापन, छपाई लगायतका तयारी पुरा भएको १८ औ जेसिज कपका संयोजक हरी भण्डारीले जानकारी दिए । ९ गते सोमबार बेलुका म्याग्दी जेसिज सचिवालयमा गण्डकी प्रदेश सांसद विनोद केसीको प्रमुख आथिथ्यतामा प्रतियोगिताको उद्घाटन् गरिने छ ।

जेसिज कप प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ। भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
जेसिजकप फुटवल प्रतियोगिताको नुमानित आयरब्यय ७ लाख ९४ हजार बराबरको रहेको छ ।

प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷ रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको जेसिजका अध्यक्ष खम थापामगरले बताए ।नरेश मोवाईलका प्रोपाईटर नरेश श्रेष्ठले १ लाख पाचहजार र रारा हार्डवयरका संचालक प्रिया कार्की खत्रीले १ लाख रुपैयाको चेक आर्थिक संयोजक हरी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

१८ औँ जेसिज कप फुटवल प्रतियोगिताको अवसरमा ७ औँ जेसीज कपका उतकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ईपेन तिलिजा, उतकृष्ट गोलरक्षक उमेश पुन र रेफ्रीको भूमिका निर्वाह गर्ने खड्क केसीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार