पोखरा महानगरपालिका- ३३ वडाध्यक्षको कारमा अज्ञात समूहद्वारा बम विस्फोट

पोखरा, सोमबार मंसिर ९ गते । पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पार्किङगरी राखेको कारमा अज्ञात समूहले बम विस्फोट गराएको छ । पोखरा–१७ घारीपाटन स्थित शिवको आफ्नै घरमा पार्किङगरी राखेको ग २ च ४२६ नम्बरको गाडीमा सोमवार विहान वम विस्फोट हुँदा कारको अघिल्लो भागमा क्षति पुगेको छ । विस्फोट विप्लव समूहले गराएको हुनसक्ने आशंका गरिएको छ ।

सोमवार बिहान २ बजे ठूलो आवाज आउने गरी विस्फोट भएको थियो । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले बताए । विस्फोटवाट मानवीय क्षेति भने भएको छैन । उक्त कार आचार्यको निजी हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता राजकुमार केसीले जानकारी दिए । आदर्श समाज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार