बागलुङ २ को ‘ख’ प्रदेश सभा सदस्यका लागि १० जनाको मनोनयन दर्ता

बागलुङ,विहिबार कात्तिक २१ गते । बागलुङ जिल्लाका क्षेत्र नं २ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको असामयिक निधन पछी रिक्त हुन आएको पदमा हुन लागेको उप निर्वाचनमा आज १० जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङमा मनोनयन पत्र दाखिला गर्नेहरुमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट खिमबिक्रम शाही, नेपाली काँग्रेसबाट जीत बहादुर शेरचन, समाजवादी पार्टीबाट अशोक विक, राप्रपाबाट गणेशबहादुर कुँवर तथा राप्रपा संयुक्तबाट नीमबहादुर भण्डारी रहेका छन् ।

यसैगरी संघीय लोकतान्धिक राष्ट्रिय मन्चबाट अनिल कुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेशनल अर्गनाईजेशनबाट मित्र बहादुर मगर, स्वतन्त्रबाट सन्तोष भण्डारी र शेरमान घर्तीमगरले उमेदवारी दिएका छन् ।

नेकपाबाट बिद्रोही ९बागी० उमेदवारमा उठ्ने व्यापक चर्चामा रहेका केशर छन्त्यालले उमेदवारी दिएनन् । तर साबिक बोवाङ गाउपालिकाका अध्यक्ष हाल नेकपाका सक्रिय कार्यकर्ता शेरमान घर्तीमगरले बिद्रोहमा उमैदवारी दिएका हुन् ।

निर्वाचन कार्यक्रम अनुसार उमेदवारको दर्खास्त ९मनोनयन०उपर दाबी बिरोध कात्तिक २२ गते बिहान ११ बजे देखी ५ बजे सम्म, मनोनयन पत्र र उजुरी माथी छानविन कात्तिक २३ गते ११ बजे देखी १३।३० बजे सम्म उमेदवारको नामावली प्रकाशन सोहि दिन १।३० देखी ५ बजे सम्म गरिने छ भने उमेदवारको नाम फिर्तालिने कात्तिक २४ गते विहान १० देखी दिउसो १ बजेसम्म समय तोकिएको छ । उमेदवारहरुको अन्तिम नामावली कात्तिक २४ गते ३ बजे देखी ५ बजे सम्ममा प्रकाशित गरिने छ । बागलुङ ताजबिज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार