बेनीमा जुवाडे प्रक्राउ (नामावली सहित )

म्याग्दी ,सोमबार मंसिर ९ गते । म्याग्दी सदरमुकाम बेनी बजारबाट जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटेको टोलीले आईतवार अपरान्न बेनीमा जुवा खेल्दै गरेको समयमा १२ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, बेनीको मंगलाघाट र पिपलचोकका दुई घरमा जुवा खेल्दै गरेको समयमा दुई महिला र १० जना पुरुषलाई नियन्त्रणमा लिईएको थियो ।

पक्राउ पर्नेहरुमा बेनपा ८ बस्ने मुकुन छन्त्याल ,ओम छन्त्याल ,बेनपा–७ की शुसिला भट्टचन, धवलागिरी गाउँपालिका–३ की होमसरा बुढा, फडेन्द्र बुढा, पूर्णबहादुर भण्डारी, बेनपा–७ का डम्मर बहादुर बानियाँ, बेनपा–१० का पृथ्वीलाल रोका, बेनपा–८ का गेमबहादुर छन्त्याल, धवलागिरी गाउँपालिका–७ का तुलबहादुर गुरुङ, बेनपा–९ का पदम छन्त्याल, मालिका गाउँपालिका–५ का भव घर्ति रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पक्राउ परेकाहरुलाई हिरासतमै राखेर आबश्यक अनुसंधान गरिरहेको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । जुवा खेल्दै गरेको अबस्थामा पक्राउ परेका उनीहरुको साथबाट भने न्युन नगद बरामद भएको प्रहरीको दावि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार