ब्रेकिङ न्युज : बिममा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु,१८ घाईते

बेनी ,आइतबार काक्तिक १७ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा यात्रुबहाक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने १८ जना घाईते भएका छन् । दरबाङतर्फबाट बिम गाउँतिर जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुपचना अधिकारी प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार रातको समय भएकाले उद्धारमा समस्या भएको छ । दुर्घटनामा परि घाईते भएकाहरुलाई स्थानीय स्वास्थ्य संस्थामा उद्धार गरि लैजाने काम भैरहेको छ ।उद्धारमा दरबाङ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासी खटिएका छन् । बस सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार