‘१८औं जेसिज कप’ फुटबल प्रतियोगिता सूरु ,पहिलो दिन पाँच विद्यालयको बिजयी सुरुवात

बेनी,मंगलबार मंसिर १० गते ।
जिल्लाको सदरमुकाम बेनीमा नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा सो प्रतियोगिता सुरु भएको हो । आगामी मंसिर १४ गते सम्म संचालन हुने प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय माविले बिजयी यात्रा सुरु गरेको छ ।


उद्घाटन खेलमा मालिका गाउँपालिका–५ देविस्थानको गौबमबस्थ माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले बिजयी सुरुवात गरको हो । भने यसैगरी केबी एकेडेमी बोर्डिङ स्कुल ,बेनी इङलीस बोर्डिङ स्कुल ,जनप्रिय मावि र धौलागिरी मावि संगाले पनि बिजयी सुरुवात गरेका छन् । केबी एकेडेमीले प्रकाश माविलाई ,बेनी इङलीस बोर्डिङले लिटल गार्डे एकेडेमीलाई ,जनप्रिय माविले दरबाङ ईङलीस बोर्डिङ स्कुललाई र धौलागिरी माविले महेन्द्र रत्न मावि बरङजालाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

गण्डकी प्रदेशका साँसद विनोद केसीले सोमबार साँझ उद्घाटन गर्नुभएको प्रतियोगिताको उद्घाटन खेलमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सुभारम्भ गर्नुभएको थियो । मेयर श्रेष्ठले प्रतियोगिताले म्याग्दीमा फुटवल खेलको विकास र प्रवद्र्धनमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको म्याग्दी जेसिजका शाखा अध्यक्ष खम थापाले जानकारी दिनुभयो । ‘म्याग्दीमा हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवल विद्यालय स्तरमा हुने लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको छ,’अध्यक्ष थापा मगरले भन्नुभयो । ‘यस प्रतियोगितालाई म्याग्दी जेसिजले आर्थिक संकलन गरि निरन्तरता दिँदै आएको छ ।’

शाखा अध्यक्ष थापा मगरको अध्यक्षता,मुल संयोजक हरि भण्डारीको स्वागत र महासचिब सन्दीप खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । मप्रतियोगितामा विजेता विद्यालयलाई रनिङ्ग शिल्ड , ट्रफि, मेडल, प्रमाण–पत्रसहित नगद रु ५१ हजार पुरस्कार पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरि उपविजेतालाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित रु ३१ हजार, अनुशासित टिमलाई नगद र ७ हजार ७७७ पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उत्कृष्ट कोचलाई समेत नगद रु २ हजार पाँच सय सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिताका मुल संयोजक भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार