घुसमै खर्च हुन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी

काठमाडौं,सोमबार पुष ७ गते । निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यवसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ ।

नेपाल उद्योग परिसंघले १ हजार भन्दाबढी उद्योगीहरुमा गरेको अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनु परेको भेटिएको हो ।

‘कतिपय अवस्थामा निजी क्षेत्रले ५७ प्रतिशतसम्म घुसमा खर्च गर्नुपरेको भेटियो’, नेपाल उद्योग परिसंघका बैंकिङ तथा नियमन समितिका सदस्य अनलराज भट्टराईले भने ।

उद्योग व्यवसायको दर्ता प्रक्रियादेखि नै घुस तथा टिप्स नदिई कामै नबन्ने परिपाटी सुरु भइरहेको तहमा पैसा दिनैपर्ने वातावरण डरलाग्दो रुपमा फस्टाउँदै गएको निजी क्षेत्रको गुनासो छ । नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार