निस्कोटका मृर्गौला पिडित पुनद्धारा सहयोगको याचना

बेनी ,आइतबार पुस ६ गते ।
दुबै मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरले आर्थिक सहयोगको याचना गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका २४ बर्षिय मृर्गौला पिडित पुन मगरले सहयोगको याचना गर्नुभएको हो । विगत पाँच महिनादेखी दुबै मृर्गौलाले काम गर्न छाडेपछि पुन मगरले काठमाण्डौ स्थित शुमेरु अस्पतालमा डाइलासिस गराउँदै आउनुभएको छ ।

आर्थिक अवस्था कमजोर भएपछि आफ्नो जिवन रक्षाका लागि सहयोग गरिदिन सबैलाई अपिल गर्नुभएको हो । ‘मेरो दुबै मृर्गौलाले काम गर्न छाडेपछि साथिभाइ ,आफन्त र विभिन्न संघ संस्थाको सहयोगमा काठमाण्डौं स्थित शुमेरु अस्पतालमा उपचार गराउँदै आएको छु,’ मृगौला पिडित पुनले पिडा सुनाउँदै भन्नुभयो । ‘मेरो घरको आर्थिक अवस्था नाजुक भएको र उपचारमा ठुलो खर्च चाहिने भएकाले आर्थिक सहयोग गरी मेरो जिवन बचाइदिनुहुन सबैलाई विनम्र अनुरोध गर्दछु ।’

बैदेशिक रोजगारीको शिलशिलामा दुई बर्ष अघि मात्र कुवेत पुग्नुभएका पुनको पाँच महिना अगाडी स्वास्थ्यमा समस्या देखा परेपछि उपचार गराउन जाँदा अस्पतालले दुबै मृर्गौलामा समस्या देखाएको थियो । पुनको दुबै मृर्गौलाले काम गर्न छाडेपछि कुवेतमा रहेका नेपाली र कुवेत स्थित विभिन्न संघसंस्थाको सहयोगमा उपचार गरी केही समय अघि नेपाल ल्याइएको थियो ।

पैैसा कमाउन विदेश गएको छोरा यस्तो हालतमा फर्किएछि बुबा जगबहादुर पुनलाई ठुलो बज्रपात परेको छ । ‘पैसा कमाउन भनि दुई बर्ष अघि छोरा कुवेत गएको हो, बुबा जगबहादुरले रुदै भन्नुभयो । ‘पैसा कमाउन गएको छोरा यस्तो हालतमा फर्किएपछि एक रुपैयाँ कमाइ नभएको म बुबालाई छोराको जिवन कसरी बचाउने भन्ने ठुलो संकट आइलागेको छ । त्यसैलै छोराको जिवन बचाइदिन सबैलाई आर्थिक सहयोगको अपिल गर्दछु । ’ मृर्गौला रोगि सुरेश जगबहादुरका दुई छोरा मध्य जेठा हुनुहुन्छ ।

आफ्ना भतिजको जिवन बचाउन मृगौला प्रत्यारोपण गर्नुपर्ने र उपचार खर्च महँगो भएकाले आर्थिक सहयोग माग्दै हिडेको काका सम्मरबहादुर पुनले बताउनुभयो । सुरेशको ज्यान बचाउन मृगौला बद्ल्नुपर्ने डाक्टरले सल्लाह दिएकोले अहिले आर्थिक थप समस्या परेको बताइएको छ । उहाँका परिवारले बिरामी सुरेशको जिबन रक्षाका लागी सरकार, विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहसंग हारगुहार गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार