मनाङको एक होटलमा विदेशी पर्यटक मृत फेला

मनाङ, शनिबार मंसिर २१ गते । माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका(४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् ।

डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भेटिएकी हुन् ।

घटनाको जानकारी शनिबार बिहान ८ बजेतिर आएपछि घटनास्थल खटि गएको र शवलाई पोष्टमार्टमको लागि एभरेष्ट एयरको हेलिकप्टरमार्फत शिक्षण अस्प्ताल काठमाडौं पठाइएको उनले बताए । मनाङ गाउँ समुद्री सतहदेखि ३ हजार ५ सय १९ मिटर उचाइमा छ ।

शुक्रबार साँझ पति पत्निसँगै सुतेको र शनिबार बिहान उठाउन खोज्दा पत्नि नउठेपछि पतिले होटल सञ्चालकलाई जानकारी गराएका थिए । होटल सञ्चालकले स्थानीय स्वास्थ्यकर्मीलाई बोलाउँदासम्म ती पर्यटकको मृत्यु भइसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाका अनुसार २ जना पतिपत्नि घुम्न आएको र पत्निको मृत्यु भएको बताए । मृत्युको कारण खुल्न नसकेको एक्याप र प्रहरी दुवैले बताएको छ । ती पर्यटकमा दीर्घ रोग समेत केही नरहेको र उनी बिरामी समेत नरहेको उनका पतिबाट जानकारी पाएको प्रहरीले बताएको छ ।

२ दिनयता मनाङमै रहेका पतिपत्नि दुवैजना कुनै पथ प्रदर्शक तथा भरिया बिना नै घुम्न आएको बुझिएको छ । ‘भरिया र गाइड कोही पनि साथमा नआउँदा पर्यटक स्वयंलाई समस्या पर्न सक्छ’ तिरुवाले भने, ‘जति अध्ययन गरेर आएपनि उनीहरुको साथमा नेपाली हुनु र नहुनुमा धेरै फरक पर्छ ।’dhorpatannews.

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार