खोप्रा–नारच्याङ पदमार्गमा अलपत्र चार पर्यटकको खोजि कार्य जारी

बेनी, ,शुक्रबार माघ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहित १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भुभागमा अल्पत्र परेको जानकारी आएपछि खोजीकार्यलाई तिब्र पारिएको प्रजिअ ढकालले जानकारी दिनुभयो । ‘‘ उहाँहरुसंग निरन्तर मोवाईल सम्पर्क गरि खोजीकार्य तिब्र पारिएको छ, सम्भव भएसम्म आगो बालेर धुवा मार्फत संकेत दिन अनुरोध गरेका छौँ, अल्पत्र परेको स्थान पहिचान नभएको कारण थप समस्या भएको छ’’– खोजीकार्यको लागि जानुभएका प्रजिअ ढकालले भन्नुभयो ।

अहिले स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि त्यसतर्फ गएका छन् । मोवाईल सम्पर्कबाट आफुहरु अल्पत्र परेको खवर गरेपनि घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको खोजीको लागि नारच्याङबाट गएका स्थानीय चुपिन पुर्जाले जानकारी दिनभयो ।
‘‘हिउँले हिँड्न नै कठिन छ, उहाँहरुले खोचमा छौँ भन्नुहुन्छ, तर कतातिरको कुन खोचमा हो अझै पहिचान गर्न सकिएको छैन’’– उहाँले भन्नुभयो । विहिवार दिउँसो खोप्रालेकबाट नारच्याङ तर्फ आउँदै गर्दा बिच बाटोमै हराएका पर्यटकहरुले रातीमात्रै मोवाईल मार्फत आफहरु हराएको जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार