गलकोट स्पोर्ट्स क्लव टोकियोद्वारा जनप्रतिनिधी, पत्रकार र खेलाडी सम्मानित

जापान,बुधबार पौष २३ गते ।
जापान भ्रमणमा रहेका जनप्रतिनिधी, पत्रकार र खेलाडीलाई गलकोट स्पोर्ट्स कल्व टोकियो जापानले सम्मान गरेको छ । टोकियोमा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी ९हेमन्त०, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्शद तथा घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश र उपाध्यक्ष तथा मोडल जीवन साहानीलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको क्लवले जनाएको छ ।

कल्वले गलकोट क्षेत्रको विकास र समृद्विमा जनप्रतिनिधीले खेलेको भुमिका र समृद्व गलकोट निर्माण गर्न थप हौसला प्रदान गर्न वडा अध्यक्ष भण्डारी, सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता मार्फत गलकोटको समृद्वि र विकासमा सुचना सञ्चारमा पुर्याएको योगदानको प्रशंसा गर्दै पत्रकार थापा र खेलकुदको विकास संरक्षणमा भुमिका खेलेको भन्दै पुर्व खेलाडी साहानीलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै गलकोट नगरपालिका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जापान समृद्व हुनुमा जनताको ईमान्दारिता, देशको निती नियम कानुनको सहि ढंगबाट पालना गर्नु र कठोर मेहनत र समयको महत्वलाई बुझेर काम गरेकै कारण रहेको बताउनु भएको छ । प्रवक्ता भण्डारीले जापनिज नागरिकहरुका राम्रा पक्षको अनुकरण गर्दै कार्यन्वयन गर्न सबै आ(आफनो स्थानबाट लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।

विदेशमा रहेर पनि गलकोटको खेलकुदको विकास, खेलाडीलाई प्रोत्साहन गर्दै सामाजिक एकताको सुत्रमा युवाहरुलाई कल्वले जोडन सफल भएको भन्दै प्रशंसा समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पार्शद थम्मन थापा सन्देशले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा संस्थाले गरेका गतिविधीहरुको बारेमा सल्लाहकार रामकृष्ण बम मल्लले जानकारी गराउनु भएको थियो । त्यस्तै गलकोटको खेलकुदको विकास, विकास र समृद्विको विषयमा अन्तरकृया समेत गरिएको थियो ।

सन २०१५ मा बागलुङको गलकोटबाट रोजगारीको सिलसिलामा जापानमा रहेका युवाहरुको भेलाले गलकोट स्पोर्ट्स कल्व टोकियो स्थापना गरेको थियो । कल्वले गलकोट क्षेत्रमा समय समयमा आर्थिक सहयोग समेत गर्दै आईरहेको छ । साथै कल्वले नेपालबाट जापान भ्रमणमा रहने गलकोटका समाजिक व्यक्तित्वहरुलाई सम्मान गर्दै आईरहेको छ । अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रम गलकोट स्पोर्टस क्लव टोकियो जापानका अध्यक्ष लक्ष्यमण कार्कीको अध्यक्षता, उपाध्यक्ष राजु बस्नेतको स्वागत मन्तव्य र सचिव हिमाल कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जापान टोकियो स्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरु, क्लवका कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार