छन्त्याल संघ म्याग्दीको पाँचौं जिल्ला अधिवेशन,अध्यक्षमा भलन्जा

बेनी,शनिबार पौष १९ गते ।
नेपाल छन्त्याल संघ म्याग्दीको अध्यक्षमा रेशमबहादुर भलन्जा छन्त्याल चयन हुनुभएको छ । नेपाल छन्त्याल संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट भलन्जा छन्त्याल अध्यक्षमा चयन हुनुभएको हो ।

नेपालको अल्पसंख्यक जातीको सुचिमा रहेको नेपाल छन्त्याल संघ जिल्ला कार्यसमिति म्याग्दीको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्ष भलन्जा छन्त्याल संगै नयाँ कार्यसमितिको उपाध्यक्ष हरिबहादुर घरब्जा छन्त्याल ,सचिव मनबहादुर बुढाथोकी छन्त्याल,कोषध्यक्ष नन्दकुमारी भलन्जा,सहसचिव मनिषा घ्याप्चन तथा सदस्यहरुमा दलबहादुर भलन्जा छन्त्याल,कृमाया घ्याप्चन ,ककणा घरब्जा ,नरबहादुर पोत्लागें, तेकबहादुर झिँ राजा ,द बहादुर घरब्जा ,कृष्णकुमारी भलन्जा , दम्मर बहादुर भलन्जा र सुरेन्द्र घरब्जा छन्त्याल चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाल छन्त्याल संघ ४ नं प्रदेशका उपाध्यक्ष ओम छन्त्यालले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले जातिय लोपोन्मुख सांस्कृतिक,भाषिक एवम् राजनितिक र राज्यको हरेक निकायमा आफ्नो हक अधिकारका निम्ति सबैलाई एक हुन आह््वान गर्नुुभयो ।

नेपालको हरेक परिबर्तनमा छन्त्याल जातिको योगदान महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो । राज्यको व्यवास्ताका कारण जातिय पहिचान र भाषा पछिल्लो पुस्तामा रुपान्तरण गर्न समस्या भएको बताउनुभयो । स्थानीय,प्रदेश र संघिय राज्यले जातिय पहिचान तथा भाषालाई सरकारी कामकाजीको रुपमा मान्यता दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा रघुगंगा गाउँपालिका वडा नं ८ का अध्यक्ष गमान छन्त्याल ,छन्त्याल संघ म्याग्दीका निवर्तमान अध्यक्ष चित्रमान छन्त्याल ,नेपाल छन्त्याल संघका पुर्व केन्द्रिय उपाध्यक्ष कमल छन्त्याल ,नेपाल महिला छन्त्याल संगठन म्याग्दीकी डमकुमारी छन्त्याल लगायतले बोलेका थिए । छन्त्याल संघ म्याग्दीले जिल्लाको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पनि गरेको छ । निवर्तमान उपाध्यक्ष रेशम छन्त्यालको स्वागत र जिल्ला कार्यसमितिका निवर्तमान सचिव अमरसिं छन्त्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार